गण्डकी
गण्डकीका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त
०

पोखरा, कात्तिक २९-
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्कालाई बर्खास्त गरिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उहाँलाई मन्त्रीबाट हटाएका हुन् ।
खड्काको जिम्मेवारी आफूसँग राखेर मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद पुनर्गठन गरेको निर्णय प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई पठाएका छन् । खड्काले आसन्न निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विन्दुकुमार थापालाई हराउन भूमिका खेलेको आरोप छ ।
दुई साताअघि पनि गठबन्धन दलकै मन्त्री हरिशरण आचार्यलाई पनि बर्खास्त गरिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























