चितवन विशेष

एमाले अध्यक्ष ओलीले विक्रम पाण्डेको किन गरेनन् आलोचना ?

Banner

चितवन, कात्तिक २९–

नेकपा एमाले चितवनको चुनावी सभामा सहभागी हुन सोमबार चितवन आएका केपी शर्मा ओलीले गठबन्धनका शिर्ष नेता र उमेदवारहरु सबैको आलोचना गरे । आफ्नो उमेदवारका प्रमुख प्रतिस्पर्धी सबैको आलोचना गरेका ओलीले चितवन ३ का राप्रपा उमेदवार विक्रम पाण्डेको भने आलोचना गरेनन् । उनी पाण्डेप्रति मौन देखिए ।

ओलीको निर्वाचन क्षेत्र झापा–५ मा एमालेले राप्रपासँग तालमेल गरेको छ । यहाँ ओलीलाई राप्रपाले सहयोग गर्ने भएको छ । केहि स्थानमा राप्रपासँग तालमेल भएकाले पनि ओलीले चितवन आएर विक्रम पाण्डेको आलोचना नगरेको हुन सक्छन् । चितवन ३ मा एमालेले कांग्रेसबाट कारबाही भोगेका दिनेश कोइरालालाई सहयोग गर्ने भएको छ ।

कोइरालालाई खुलेरै भोट मागेका ओलीले पाण्डेको भने आलोचना गरेनन् । आफ्ना प्रतिस्पर्धीको खुलेरै आलोचना र टिप्पणी गर्ने ओलीले पाण्डेको आलोचना किन गरेनन् भनेर केहि मानिसमा जिज्ञासा देखिन्छ । ओलीले पाण्डेलाई कोइरालाको प्रमुख प्रतिस्पर्धी नठानेको हुन् कि भनेर केहिले अनुमान पनि गरेका छन् ।

गठबन्धनका उमेदवार डा भोजराज अधिकारीको विषयमा भने ‘डाक्टर’ संसदमा नभएर विरामीको उपचार गरेर बस्नुपर्ने बताएका थिए । संसदमा नीति बनाउने काम हुने भएकाले राजनीति गरेका व्यक्ति नै संसदमा जानुपर्ने उनको तर्क थियो ।

स्वतन्त्र पार्टीलाई इङगित गर्दै उनले एउटा युवा चुनावमा उमेदवार बन्दैमा तर्सिएर गाडी तोडफोडमा गठबन्धन लागेको आरोप लगाए । ‘एउटा घण्टी बजाउदैमा ढुंगाले हान्नुपथ्र्याे ?’, ओलीले भने, ‘मञ्च तल केटाकेटी नाच्दैमा डान्सरहरु डराउनुपर्ने कुनै कारण छैन ।’ उनले स्वतन्त्र पार्टीका उम्मेदवारले जनताको घरदैलोमा जादा बाटो समेत नचिनेर अल्मलिरहेको टिप्पणी गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>