चितवन विशेष

राप्तीमा निति, सिद्धान्त भन्दा बाहिर पाटी गएको भन्दै गठवन्धनका कार्यकर्ता एमाले प्रवेश

Banner

चितवन, कात्तिक २८-

विभिन्न पार्टी परित्याग गरी राप्ती नगरपालिकामा झण्डै एक सय जना नेकपा एमाले प्रवेश गरेका छन्। पार्टी नेतृत्व निति, सिद्धान्त भन्दा बाहिर चलेको भन्दै उनीहरु एमाले प्रवेश गरेका हुन् । नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधी मन्जित सिंह र वाईसियल राप्ती नगर अध्यक्ष दिवस उप्रेतीको नेतृत्वमा उनीहरु एमाले प्रवेश गरेका हुन्।

गठवन्धनमा आवद्ध दलहरुका ९७ जनालाई चितवन क्षेत्र नम्वर १ बाट प्रतिनिधी सभा सदस्य उम्मेदवार सुरेन्द्र पाण्डे र एमाले केन्द्रिय सदस्य एवं प्रदेश १ का उम्मेदवार जेएन थपलिया टिका र माला लगाएर पार्टी प्रवेश गराएका थिए ।

त्यस्तै पार्टी प्रवेश गराउँदै एमाले उपाध्यक्ष पाण्डे र केन्द्रिय सदस्य थपलियाले एमालेमा समाहित भएका युवाहरुलाई उचित स्थान र जिम्मेवारी दिने भन्दै आगामी मंसिर ४ गतेको निर्वाचनका लागि निर्वाध रुपमा परिचालित हुन आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>