राजनीति

एमाले नेता हरि काफ्लेमाथि एमालेकै कार्यकर्ताद्वारा गोरखामा आक्रमण

Banner

गोरखा, कात्तिक २८-

नेकपा एमालेका नेता हरि काफ्लेमाथि गोरखाको च्याङ्लीमा आक्रमण भएको छ। पालुङटार नगरपालिका वडा नम्बर २ मा रहेको म्याङ्गो होटलमा आइतबार बेलुकी खाना खाने क्रममा विवाद हुँदा एमाले गण्डकी प्रदेश कमिटी सदस्य काफ्लेमाथि आक्रमण भएको हो ।

‘खाना खाने क्रममा दुई समूहबीच झगडा भएको थियो । जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लीलाराज लामिछानेका अनुसार एक जना घाइते छन् । दुई समूहबीच विवादपछि होटलमा रहेका टेबुलका सिसा फुटाउने र वियरका बोत्तल प्रहार भएको छ।

काफ्लेमाथि आक्रमण गर्ने दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै उनीहरू तनहुँको भएको र उनीहरू पनि एमालेकै कार्यकर्ता भएको बुझिएको प्रहरीले जानकारी दिए । 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>