देश/प्रदेश

गोरखामा प्रचण्डविरुद्ध उठेका अब्दुसको टोलीमाथि आक्रमण, एकजना गम्भीर घाइते

Banner

काठमाडौं, कात्तिक २८–
गोरखामा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका अब्दुस मियाँको टोलीमाथि आक्रमण भएको छ। आइतबार राति पाँच जनाको समूहले खाना खाने क्रममा पालुङटार नगरपालिका–७ स्थित म्याङ्गो रिसोर्टमै बियरको बोतलले आक्रमण गोरखा प्रहरी प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए।

आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ मा एमालेबाट उम्मेदवार अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण हुँदा एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको छ।

उनलाई स्थानीय स्वास्थ्य संस्थामा ७ वटा टाँका लगाएर थप उपचारका लागि काठमाडौँ लगिएको छ। आक्रमणबाट होटलको टेबुल, कुर्सि तोडफोड भएको छ। आक्रमणमा संलग्न ५ जना मध्य प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ भने अन्य तीन जना अझै फरार छन्। प्रवक्ता लामिछानेका अनुसार राम सापकोटा र अजित पन्तलाई नियन्त्रणमा लिइएको र अन्य तीन फरार छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>