चितवन विशेष

मतदाताले उमेश श्रेष्ठलाई भने–अरु पार्टीको विश्वास गुम्यो, अब हाम्रो भोट तपाईलाई

Banner

चितवन, कात्तिक २८–

निर्वाचन नजिकिदै गर्दा उम्मेद्वारहरु घरदैलो, कोणसभा र आमसभामा व्यस्त छन् । विभिन्न दलका उम्मेद्वार आफ्ना एजेण्डा र आश्वासन बांँडेर मतदाता आकर्षित गर्दैछन् ।

यसैक्रममा चितवनका उम्मेदवार पनि मतदाता रिझाउन व्यस्त छन् । चितवनको तीनवटा क्षेत्र मध्ये २ नम्बर क्षेत्रको माहोल पनि तातिँदै गएको छ । यस क्षेत्रको निर्वाचन अन्य क्षेत्रको भन्दा रोचक र घोचक देखिएको छ । यहांँ लोकतान्त्रिक वाम गठबन्धनका साझा उमेद्वार राज्यमन्त्री उमेश श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता कृष्णभक्त पोख्रेल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रवी लामिछाने चुनावी मैदानमा छन ।

चुनावी घरदैलो अन्तर्गत आईतबार गठबन्धनका साझा उम्मेद्वार उमेश श्रेष्ठले घरदैलो अभियान तीब्र पारेका छन् । उनले आईतबार ईच्छाकामना गाउंँपालिका वडा नम्बर ४, ५ र ६ नम्बर विकट क्षेत्रमा घरदैलो गरेका हुन् । घरदैलो कार्यक्रममा मतदाताले उनलाई भव्य स्वागत गरेका थिए । सो क्रममा त्यहांँका जनताले उमेश श्रेष्ठनै आशा र भरोसा रहेको बताए । उनीहरुले यसअघिका नेताको विश्वास गुमेको भन्दै श्रेष्ठलाई नै मत दिने बचनबद्धता व्यक्त गरे ।

ईच्छाकामना गाउंँपालिका वडा नम्बर ६ विराज गुरुङ्ले यहांँको विकासको लागि उमेश श्रेष्ठको विकल्प नरहेको बताए । यसअघि कुनैपनि नेताले यहांँको विकास केही नगरेकोले उमेश श्रेष्ठलाई नै जिताउनु आवश्यक रहेको उनले बताए । वडा नम्बर ४ का अर्का मतदाता सावित्री गुरुङ्ले उमेश श्रेष्ठ साच्चै नै विकासवादी नेता भएको बुझेको बताए । ‘यहांँ धेरै नेता आए । आश्वासन पनि दिए । विकासको लागि सिन्को भांँचेनन्’ उनले भनिन् ।

उमेश श्रेष्ठको पहुंँच मन्त्रालय र नीतिगत तहसम्म भएकोले पनि उमेश श्रेष्ठलाई जिताउने उनले बचनबद्धता व्यक्त गरिन् । ‘अरु पार्टीको विश्वास गुम्यो । अब हाम्रो भोट तपाईलाई’ उनले भनिन् । अर्का ईच्छाकामना वडा नम्बर ४ का मतदाता वासुदेव सिलवाल अन्य पार्टीभन्दा बढी उमेश श्रेष्ठलाई जनताले विश्वास गरेको बताए । ’उहांँले यसअघि पनि काम गरेर देखाईसक्नु भएको छ । अब पनि चितवनको विकास उहांँले नै गर्ने हो । अन्य पार्टीप्रति यहांँका जनताले विश्वास गरेका छैनन् । रवी लामिछाने वडा अध्यक्षमा लड्छन भनेमात्र हामीले मत दिने हो’ सिलवालले भने ।

नेपाली कांँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य रचन कार्कीले उमेश श्रेष्ठको पक्षमा आशा गरेभन्दा बढी नै जनलहर बढेको बताए । आफूले एक महिनाभन्दा बढी चुनावी प्रचारप्रसार अभियानमा हिंड्दा उहांँलाई अन्य उमेद्वार भन्दा बढी विश्वास गरेको उनले बताए । ‘उहांँको पक्षमा दिनदिनै जनलहर बढेको पाएको छु । उहाँले युवा, बृद्धबद्धाको सबैले साथ पाउनु भएको छ’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>