राजनीति

मैले देशकै नेतृत्व गर्ने सम्भावना छ,त्यसो भयो भने आर्थिक क्रान्ति गोरखाबाट हुन्छः प्रचण्ड

Banner

गोरखा,कात्तिक २७-

पूर्वप्रधानमन्त्री तथा गोरखा २ का उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूले देशकै नेतृत्व गर्ने सम्भावना रहेको बताएका छन्। गोरखा १ को घैरुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूले आर्थिक क्रान्तिको सुरुवात गोरखाबाट गर्ने बताए।

ुमैले देशकै नेतृत्व सम्हाल्ने सम्भावना पनि छ। त्यसो भयो भने म आर्थिक क्रान्तिको सुरुवात गोरखाबाट गर्ने छु, आर्थिक विकास र संवृद्धिको सुरुवात गोरखाबाट गर्ने भनेर आएको छु, उनले भने, त्यस्तो अवसर आयो भने त्यो गोरखाका लागि ऐतिहासिक अवसर हुनेछ। राजेन्द्र बजगाईँ, नन्द न्यौपाने र कृष्ण धिताललाई तपाईहरूले जिताएर पठाउनुस्। दुवै जना गोरखाको विकास र संवृद्धिका लागि उपयुक्त मन्त्रालय सम्हाल्न सक्ने हैसियतको भएका उनको भनाइ थियो।

ुम शेरबहादुर देउवाजीसँग सल्लाह गरेर उहाँहरूलाई उचित मन्त्रालय दिने बारे प्रस्ताव गर्ने विश्वास म दिलाउन चाहन्छु। चितवन र देशभरिको विकास र संवृद्धि आफ्नो उत्तिकै जिम्मेवारी भएको भन्दै त्यसको उदाहरण गोरखाबाट प्रस्तुत गर्ने उनको भनाइ छ।

ुत्यसका लागि तपाईंहरूले हामीलाई लुलो हात बनाएर पठाउन मिल्दैन,उनले भने, गोरखाली जनताको लोकतन्त्र, गणतन्त्र र अग्रगमनका पक्षमा अभूतपूर्व एकता प्रदर्शन गर्नुपर्छ। त्यसले बजेट निर्माणमा पनि विकासमा पनि शक्तिशाली भूमिका निर्वाह गर्छ। गिरिजाप्रसाद कोइराला र प्रचण्डले शान्ति सम्झौतामा हस्ताक्षर नगरेको भए मुलुकको अवस्था भयावह हुने थियो भन्दै उनले कांग्रेस र माओवादीको गठबन्धन बेठिक भन्नेले शान्ति प्रक्रिया, गणतन्त्र र संविधानको विरोधी सिद्ध हुने उनले आरोप लगाए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>