चितवन विशेष
बेटर चितवनमा सुजता देवकोटाको नेतृत्व

चितवन, कात्तिक २७-
चितवनमा रहेर सामाजिक सेवामा सक्रिय युवाहरूले नेतृत्व गरेको संस्था बेटर चितवनको सन् २०२२\२३ को संयोजकमा सुजता देवकोटा चयन भएकी छन् ।
संस्थाको सातौं वार्षिकोत्सवको अवसरमा शनिबार संयोजकमा देवकोटा सहित ३० सदस्यीय कार्यसमितिको पनि चयन गरिएको हो ।
सोही कार्यक्रममा निवर्तमान संयोजक समुन्द्र भट्टराईले देवकोटालाई पद हस्तान्तरण गरेका छन् । बेटर चितवनमा स्थापना कालदेखि आवद्ध देवकोटा पेसाले पुष्प व्यवसायी हुन् । कार्यक्रममा वर्षको उत्कृष्ट स्वयंसेवकका रूपमा सदस्य नविन थापा पुरस्कृत भएका छन् । साथै बेटर चितवन मिनी लाइब्रेरीको वर्ष उत्कृष्ट पाठकमा सचिन चापागाईँलाई पुरस्कृत गरिएको छ ।
संस्थाले सोहीअवसरमा वर्षभरी विभिन्न विधामा सक्रिय स्वयंसेवक संयोजकहरूलाई पनि सम्मान गरेको छ । कार्यक्रममा संस्थाले विगत एक वर्षमा गरेका कामहरूको विषयमा जानकारी गराउनुको साथै नव गठित कार्यसमीतिलाई अभिमुखीकरण समेत प्रदान गरेको थियो । संस्थाले बिगत ७ वर्षदेखि शिक्षा, स्वास्थ्य, वातावरण तथा युवालगायतका सामाजिक क्षेत्रमा काम निरन्तर काम गर्दै आएको छ ।
























