देश/प्रदेश

बोक्सी लागेको भन्दै र्‍यापरको मुखमा अगुल्टो झोस्ने झाँक्री कावासोतीबाट पक्राउ

Banner

कावासोती, कात्तिक २७-

डिप्रेसनबाट पीडित र्‍यापर हप्याक (मिलनजंग कुँवर) लाई मुखमा आगो झोस्ने झाँक्री पक्राउ परेका छन् । निको पार्छु भन्दै र्‍यापरको मुखमा आगो झोस्ने झाँक्रीलाई नवलपरासीको कावासोतीबाट शुक्रबार राति नै पक्राउ गरेको हो ।

पीडितको परिवारले उजुरी दिएलगँतै झाँक्री दिपक सार्कीलाई पक्राउ गरेको कावासोतीका डीएसपी सन्तोष पाठकले बताउनु भयो । उहाँका अनुसार आज म्याद थप गर्दै झाँक्रीलाई कुन मुद्धा लगाउने विषयमा छलफल हुने छ ।

गत साता नवलपरासीको कावासोतीमा र्‍यापर हप्याकलाई ‘बोक्सी‘ लागेको भन्दै झाँक्रीले मुखमा अगुल्टो झोसेपछि उनी घाइते भएका थिए ।
हप्याक रियालिटी शो ‘नेपहपको श्रीपेच’ को टप १४ सम्म पुगेका प्रतिस्पर्धी हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>