देश/प्रदेश

सागर ढकाल भन्छन्ः कुनै चलखेल नभए मेरो जित सुनिश्चित भइसक्यो

Banner

काठमाडौं,कात्तिक २७-

प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले कुनै चलखेल नभएर आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्।

भारत र खाडीमा रहेका डडेल्धुरावासीले आफूलाई जिताउन घरमा दिनदिनै फोन गरेर गरेर आफूलाई मतदान गर्न भनेका बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘कुनै चलखेल नभए जित सुनिश्चित नै छ । इन्डिया, खाडीमा हुनुभएका सम्पूर्ण डडेल्धुरा बासिन्दाले घरमा दिनदिनै फोन गरेर सागर ढकाललाई सुइमा मतदान गर्न भन्नुहोला ।’ उनले आफूलाई जिताउनका लागि सबैलाई छिटोभन्दा छिटो डडेल्धुरा आउन आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>