राजनीति

जनसभा सम्बोधन गर्न आज ओली कर्णाली आउँदै

Banner

सुर्खेत, कात्तिक २७-

आज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली कर्णाली आउनु हुने भएको छ। मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी एमालले कर्णालीका तीन जिल्लामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ओली सुर्खेत आउन लाग्नु भएको हो ।

अध्यक्ष ओलीले कालिकोट, दैलेख र सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको एमाले सुर्खेतका सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>