राजनीति
चुनावमा मोटरसाइकल चढेर घरदैलो गर्न थाले माधव कुमार नेपाल
०

रौतहट,कात्तिक २६-
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियान तीव्र पारेका छन्। रौतहट क्षेत्र नं १ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका उनी सबै गाउँमा पुग्न मोटरसाइकलको प्रयोग गरेका छन्।
नेपालले मोटरसाइकलको पछाडि बसेर स्थानीय मतदातालाई नमस्कार गर्दै मत मागिरहेका छन्। स्थानीय तहको मत विश्लेषण गर्ने हो भने उनी आफ्नो क्षेत्रमा बलियो देखिएका छन्। उक्त क्षेत्रमा नेकपा एमालेबाट अजयकुमार गुप्ताले उम्मेदवारी दिएका छन्। जनता समाजवादी पार्टीसँग तालमेल गरेको एमालेले अध्यक्ष नेपाललाई कडा टक्कर दिने स्थानीय मतदाताहरुको बुझाइ छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























