तनहुँ

तनहुँ जलविद्युत् आयोजनाको काम धमाधम: २५ वटा टावर निर्माण

Banner

तनहुँ, कात्तिक २६-

तनहुँ जलविद्युत् आयोजनाको प्याकेज तीन अन्तर्गत विद्युत् प्रसारण लाइन निर्माणका लागि टावर निर्माण कार्य भइरहेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको आयोजनाले अहिलेसम्म २५ वटा टावर सम्पन्न गरेको छ ।

दमौलीबाट चितवनको भरतपुरसम्म २ सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि टावर निर्माण निरन्तर चलिरहेको आयोजनाले जनाएको छ । त्यसैगरी अहिलेसम्म ४८ वटा टावरको फाउण्डेशनको कार्य सम्पन्न गरिसकेको आयोजनाका निमित्त प्रमुख राजभाइ शिल्पाकारले जानकारी दिनुभयो । टावर निर्माण गर्ने ठाउँका वनका केही रुख काट्नुपर्ने भएकाले बीचमा केही समय निर्माण कार्य रोकिन पुगेको थियो ।

आयोजनाले वन मन्त्रालयमा परिपत्र पठाइसकेकाले अब पुनः काम सञ्चालन हुनेछ । आयोजनाको निर्माण २०८३ सालको असारभित्र सक्ने लक्ष्य राखिएको छ । यो प्याकेजको कामको जिम्मा भारतीय कम्पनी केईसीले पाएको छ । प्रसारण लाइन निर्माणका लागि टावर राख्ने जग्गामध्ये तनहुँतर्फको जग्गा प्राप्तिका लागि मुआब्जा वितरण भइरहेको छ । चितवनतर्फको जग्गा अधिग्रहण गर्ने प्रक्रियामा रहेको उहाँले बताउनुभयो । एक हजार चार सय ५० मिटर लामो पानी ल्याउने सुरुङ खन्नुपर्ने भएकाले अहिलेसम्म तीन सय ५० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भइसकेको छ ।

अहिले आयोजनाको प्याकेज एकअन्तर्गत डाइभर्सन टनेल ९पानी फर्काउने सुरुङ० को काम भइरहेको छ । यो प्याकेजको ठेक्का सोङ दा–कालीका जेभीले पाएको उहाँले बताउनुभयो । प्याकेज दुईअन्तर्गतको विद्युतगृह खन्ने काम सम्पन्न भएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ ।

सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्यृतगृहको सुरुङ खन्ने काम सकेको आयोजनाले जनाएको छ । विद्युतगृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टदेखि सुरु भएको हो । सिनो हाइड्रो कम्पनीले झण्डै ४ सय ३७ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरिसकेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>