राजनीति

केपी ओली नेपाली राजनीतिका श्रीखण्ड हुन्ः एकनाथ ढकाल

Banner

गोरखा,कात्तिक २५-

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपाली राजनीतिको श्रीखण्ड भएको बताएका छन्। शुक्रबार गृह जिल्ला गोरखामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले त्यसैले खुर्पाका बिँडहरू छाडेर श्रीखण्डसित चुनावी गठबन्धन गरिएको दाबी गरे। केपी शर्मा ओली भनेका नेपाली राजनीतिका श्रीखण्ड हुन्। केहीले नबुझेर आलोचना गर्ने गरेका मात्र हुन्, उनले भने, त्यसैले खुर्पाको बिड भन्दा श्रीखण्ड नै बोकेर हिँड्नुपर्छ भनेर मैले विगतदेखि नै उहाँको नेतृत्वको पार्टीसित चुनावी गठबन्धन गर्ने गरेको हुँ।

समृद्ध नेपाल, सुखी नेपालीको सपना ओली नेतृत्वकै सरकारले मात्र साकार पार्न सक्ने उनको दाबी छ। परिवार दलका केन्द्रीय अध्यक्ष ढकाल नेकपा एमालेको तर्फबाट समानुपातिक बन्दसूचीको दोस्रो नम्बरमा परेका छन्। उनले परिवार दलको देशभर एक लाख ६५ हजार मतदाता रहेको दाबी गरे। गण्डकी प्रदेशमा १५ हजार मत रहेको महामन्त्री एवं गण्डकी प्रदेश संयोजक प्रकासबाबु थापाले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>