चितवन विशेष

एमालेमा फर्किइन चितवनको रत्ननगरकी महिला नेतृ विरञ्जना घिमिरे

Banner

चितवन,कात्तिक २५-

महिला नेतृ विरञ्जना घिमिरे (सापकोटा) एमालेमै फर्किएकी छन् । रत्ननगर १३ निवासी घिमिरे स्थानीय तहको निर्वाचनमा एमालेबाट रत्ननगरको उपमेयरका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएकी थिइन् । अखिल नेपाल महिला संघ रत्ननगर नगर कमिटीको अध्यक्ष समेत रहेकी घिमिरेले पार्टीका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएपछि उनको पद गुमेको थियो । आम निर्वाचन आउन एक हप्तामात्र बाँकी रहदा घिमिरे विना सर्त पार्टीमा फर्किएकी हुन ।

उनलाई शुक्रवार पार्टीको वडा कमिटीले कार्यालयमा स्वागत गरेको छ । कार्यक्रममा नगर अध्यक्ष इश्वरीप्रसाद अर्याल, निर्वतमान वडाध्यक्ष चित्रबहादुर भण्डारी,वडा कमिटी अध्यक्ष अजित चौरेल लगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>