देश/प्रदेश
हेटौंडामा फोहर फाल्ने ठाउँमा भेटियो सालनाल सहितको शिशु
०

हेटौंडा, कात्तिक २५-
हेटौंडामा फोहर फाल्ने ठाउँमा सालनाल सहितको शिशु मृत फेला परेका छन् । हेटौडा उपमहानगरपालिकाले फोहोर जम्मा गरि फाल्ने स्थानमा बोराभित्र प्याक गरिएको अवस्थामा सालनाल सहितको मृत शिशु फेला परेको हो ।
ना ४ त २६९८ नम्बरको ट्याक्टरले हेटौंडाको विभिन्न स्थानहरुबाट जम्मा गरि ल्याएको फोहरमा मृतक शिशु फेला परेको प्रहरीले जनाएको छ ।
हेटौंडा–१० राप्ति खोला छेउमा कुहिने फोहर र नकुहिने फोहर छुट्याउने क्रममा आज बिहान ८ बजेको समयमा नगरपालिकाको कर्मचारीले बोरा भित्र प्याक गरिएको अवस्थामा शिशुको शव भेटाएपछि प्रहरीलाई खबर गरेका थिए ।
शिशुको शबलाई हेटौंडा अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























