राजनीति

बाबुरामले प्रकाशमानलाई देखाउँदै भने–योग्य व्यक्ति हुन्, जिताएर पठाउनुस्

Banner

काठमाडौं, कात्तिक २५–

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले गठबन्धनलाई बलियो बनाएर मात्रै संविधान रक्षा हुने बताएका छन्। शुक्रबार बिहान काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको घरदैलो कार्यक्रममा सहभागी हुँदै संघर्ष गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै प्रहार भएकाले गठबन्धन बनाउनुपरेको बताए।

‘गठबन्धनमा साझा उम्मेदवारहरुले आसन्न निर्वाचन जितेको खण्डमा मात्रै संविधानको रक्षा गर्न र प्रतिगमनकारीलाई रोक्न सकिन्छ’, उनले भने, ‘काठमाडौं १ का मतदाताले जिताउनेमा विश्वस्त छु।’

उनले सिंह देश विकासको लागि सही र सक्षम नेता भएको भन्दै जिताएर पठाउन काठमाडौं १ वासीलाई आग्रह गरे। ‘नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह योग्य व्यक्तित्व हुनुहुन्छ। व्यक्तिगत रूपमा पनि उहाँ स्वच्छ हुनुहुन्छ, त्यसैले उहाँले जित्नुपर्छ’, भोट माग्दै उनले भने, ‘ हाम्रो गठबन्धनलाई बलियो बनाए मात्रै संविधानको रक्षा हुन्छ । यसमा टेकेर सुशासन समृद्धि हुनसक्छ। त्यसैले उहाँको पक्षमा मतदान गर्न आग्रह गर्दछु।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>