चितवन विशेष
एमालेको चुनावी सभालाई सम्बोधन गर्न ओली चितवन आउँदै
०

चितवन, कात्तिक २५–
नेकपा (एमाले) चितवनले कात्तिक २८ गते चुनावी आम सभा गर्दै छ । आम सभालाई सम्बोधन गर्न एमाले केन्द्रिय अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली चितवन आउने तय भएको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय अगाडि गेष्ट हाउस चौरमा हुने आमसभालाई एमालेका शिर्ष नेताहरुले सम्बोधन गर्ने छन् । दिउँसो ११ बजेदेखि हुने भनिएको कार्यक्रममा एमालेले समर्थन गरेका चितवन ३ का प्रतिनिधि सभा सदस्य उमेदवार दिनेश कोइराला पनि सहभागी हुने बताइएको छ ।
कार्यक्रममा एमालेका सबै उमेदवार पनि सहभागी हुने छन् । आम सभाबारे जानकारी दिन एमालेले पत्रकार सम्मेलनको पनि आयोजना गर्दै छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























