देश/प्रदेश
पिङबाट खसेर एक जनाको मृत्यु
०

नेपालगन्ज, कात्तिक २४-
बाँकेको गुरुवा गाउँमा लागेको मेलामा पिङ खेल्ने क्रममा खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जानकी गाउँपालिका ६ की ६४ वर्षीया गौरी बुढा रहेकी छन् ।
पिङ खेल्ने क्रममा खसेर घाइते भएकी बुढालाई नेपालगन्जस्थित वेस्टर्न अस्पताल ल्याइएको थियो । उपचारको क्रममा मृत्यु भएकी बुढाको शवलाई पोस्टमार्टमका लागि भेरी अस्पतालमा लगिएको छ ।
बाँकेको गुरुवा गाउँ र जोगा गाउँमा बर्सेनि मेला लाग्ने गर्छ । मेला हेर्न सर्वसाधारणको भीड लाग्ने गर्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























