चितवन विशेष

चितवन २ का उमेदवार उमेश श्रेष्ठको यस्ता छन् प्रतिबद्धता

Banner

चितवन, कात्तिक २४–
चितवन क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धनबाट उमेदवारी दिएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ चुनावी प्रचारमा व्यस्त छन् । जनताका घरदैलोसम्म पुगेर आफ्ना एजेण्डा बताउन श्रेष्ठलाई भ्याइनभ्याई छ ।

चार दशकदेखि शिक्षा क्षेत्रमा लगानीसमेत गरी अनुभव बटुलेका उनले आफ्नो निर्वाचन क्षेत्रमा प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने बताएका छन् । चितवनलाई शिक्षा र स्वास्थ्यको हब बनाउने र नेपाली विद्यार्थीहरु पढ्नका लागि विदेश जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने उनको प्रतिबद्धता छ ।

सुकुम्बासीलाई लालपुर्जा वितरण गरी नमुना बस्ती विकास गर्ने, भरतपुर महानगरमा व्यवस्थित बस्ति विकास, खुला ठाउँमा ल्याण्ड पुलिङमार्फत व्यवस्थित बस्ति विकासको गुरु योजना तयारी पारी पहिलो नमुना परियोजना सञ्चालन गर्ने उनको योजना छ ।

एकिकृत खानेपानी तथा ढल निकास, सुविधा सम्पन्न सरकारी आवासिय विद्यालय स्थापना, प्रत्येक पालिकामा एक व्यवसायिक तथा प्राविधिक विद्यालय, चेपाङ जातिको जीवन उत्थानका लागि रोजगारमुलक र सीपमुलक कार्यक्रम तर्जुमा गरिने उनले बताएका छन् ।

कृषि बजारमा किसानको पहुँच स्थापित गर्ने, इच्छाकामना र कालिकामा ग्रामिण विकासको कार्यक्रम सञ्चालन, इच्छाकामनामा २५ शैयाको अस्पताल निर्माण, शक्तिखोरस्थित औद्योगिकग्रामलाई हरितग्रामका रुपमा विकास गर्ने र बैंकिङ सेवालाई गाउँ–गाउँमा पु¥याउने उनको वाचा छ ।

त्यस्तै, फिस्लिङ–शक्तिखोर सुरुङ मार्गको सम्भाव्यता अध्ययन, भरतपुर विमानस्थल विस्तार र नारायणी नदीमा अर्काे पुल निर्माणलाई प्राथमिकता दिने उनले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>