राजनीति

दार्चुला पुगेर प्रचण्डले भनेः चुच्चे नक्सा मैले बनाएको हो,ओलीले होइन

Banner

दार्चुला,कात्तिक २३-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कालापानी,लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेट्न आफूले पहल गरेको दावी गरेका छन्। उनले आफ्नै कारणले नेपालको चुच्चे नक्सा बनेको दावी गरेका हुन्।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनावी सभालाई सम्बोधन गर्न दार्चुला पुगेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

उनले भने,ओलीले आफूले चुच्चे नक्सा बनाए भनेर हल्ला फिजाए। त्यो झुटो हो। मेरै पहलमा चुच्चे नक्सा बनेको हो। उनले चुनाव जित्न नभइ नेकपा एमालेका अध्यक्ष केपी ओलीको दम्भ रोक्न गठबन्धन गरेको बताएका छन्। चुनाव जित्न गठबन्धन गरेको होइन, ओलीको दम्भ रोक्न गठबन्धन गरेको हो ,उनले भने,अहिले ओली मत माग्न हारगुहार गरिरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>