राजनीति
तोसिमालाई घण्टी लिएर प्रचार नगर्न निर्देशन दिइएको छैनः निर्वाचन आयोग
०

काठमाडौं,कात्तिक २३-
निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार डा.तोसिमा कार्कीलाई चुनावी प्रचारप्रसारबारे कुनै निर्देशन नदिएको प्रस्ट्याएको छ। बुधबार आयोगले चुनाव चिह्न घन्टी बजाउँदै चुनाव प्रचार नगर्न कार्कीलाई निर्देशन दिएको समाचार बाहिरिएपछि आयोगले यस्तो बताएको हो।
‘प्रतिनिधिसभा सदस्य उम्मेदवार तोसिमा कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न आयोगले कुनै पनि निर्देशन नदिएको प्रस्ट पारिन्छ,’आयोगले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ। कार्की ललितपुर क्षेत्र नम्बर-३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुन्। उनको चुनाव चिह्न घन्टी छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























