राजनीति

ओलीले चुच्चे नक्सा ल्याउन चाहँदैनथेः प्रचण्ड

Banner

काठमाडौं,कात्तिक २३-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो भूमि फिर्ता ल्याउन नसक्ने कायर भएको टिप्पणी गरेका छन् । दार्चुलामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले चुच्चे नक्सा नल्याएको बताए । प्रचण्डले भने, ‘केपी ओलीले होइन नक्सा बनाएको म पनि त्यही पार्टीको अध्यक्ष थिएँ । कोही भ्रममा नपार्नुहोला मसमेत अत्याधिक बहुमतले यो नक्सा बनाउनुपर्छ भनेर लागेपछि बाध्य भएर बनाएको हो । केही समयपछि चुच्चे नक्साको विषयमा आत्मसमर्पण गरेका छन् ।’

नेकपाको बहुमतको निर्णयले बाध्य भएर ओलीले चुच्चे नक्सा ल्याएको बताए । भारतसँग तुरुन्त वार्ता गरेर समस्या समाधान गर्न आफूहरुले पहल गर्दा समेत बोल्न हिम्मत नगर्ने कायर भएको टिप्पणी गरे । ओलीले चुनावको लागि गोहीको आशु झार्दै हिँडेको आरोप लगाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>