राजनीति

संघमा मैले जिते भने मेगा प्रोजेक्ट यहाँ ल्याउने सम्भावना छ : उमेश श्रेष्ठ

Banner

चितवन, कात्तिक २३–

प्रतिनिधि सभा सदस्यको लागि चितवन क्षेत्र नं २ बाट उमेदवारी दिएका सत्ता गठबन्धनका साझा उमेदवार उमेश श्रेष्ठले आफुले जितेमा मेगा प्रोजेक्ट चितवनमा आउने सम्भावना रहेको बताएका छन् । निर्वाचन प्रचारप्रसारका क्रममा बोल्दै श्रेष्ठले आफुले अहिलेसम्म कमाएको सम्पत्ति पनि गरिबको शिक्षा र स्वास्थ्यमा खर्चिने प्रतिबद्धता व्यक्त गरे ।

‘पाँच वर्षमा ५ देखि १० हजार जनालाई रोजगारी दिने ग्यारेन्टी गर्न सक्छु किनभने अहिले पनि हजारौँलाई रोजगारी दिएको छु । मैले जिते भने भोलि तपाईहरुको सेवा गर्छु’, उनले भने, ‘अब मैले गर्ने भनेको जनताको सेवा गर्ने हो । मैले कमाएको सम्पत्ति पनि ट्रस्ट वा फाउण्डेशन बनाएर गरिबको शिक्षा र स्वास्थ्यमा खर्च गर्छु भनेको छु ।’

समृद्धिका लागि गठबन्धन चाहिएको भन्दै उनले दम्भ बोकेको ओली सरकारले प्रगति गर्न नसकेको बताए । ‘म काम गर्ने व्यक्ति हो । १० वर्षमा नेपाल कायापलट हुन सक्छ । चितवन जिल्लामा धेरै काम गर्न सकिन्छ । नयाँ सोचबाट यसलाई विकास गर्नुपर्छ, त्यसको लागि हामीलाई स्थायी सरकार चाहिन्छ । गठबन्धनको सरकारको आवश्यकता भो ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>