राजनीति

केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ जनालाई कांग्रेसले पार्टीबाट निकाल्यो

Banner

काठमाडौं, कात्तिक २२-

नेपाली कांग्रेसले केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ जनालाई पार्टीबाट निकालेको छ। बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई ५ वर्षसम्मका लागि पार्टी सदस्यबाट निष्कासन गरेको कांग्रेस केन्द्रीय अनुशासन समितिले जनाएको छ।

‘आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरूद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ’, कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>