अन्तर्राष्ट्रिय

पाकिस्तानमा डेँगुको प्रकोप बढ्दै, चौबीस घन्टामा पाँच जनाको मृत्यु

Banner

पाकिस्तान, कात्तिक २१-

पाकिस्तानमा केही महिना यतादेखि सुरु भएको डेँगुको प्रकोप झन् बढेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार पाकिस्तानका पूर्वी प्रान्त पञ्जावमा पछिल्लो समयमा यसको प्रकोप बढेको पाइएको छ ।

पञ्जावमा मात्र आइतबार चार जनाको ज्यान गएको बताइएको छ । त्यसैगरी सिन्ध प्रान्तमा अर्का एकजनाको ज्यान गएको छ ।पञ्जाव प्रान्तमा मात्र २४ घन्टायता दुई सयभन्दा बढी व्यक्तिमा डेँगुको सङ्क्रमण भएको पाइएको छ । सिन्धमा पनि यसको प्रकोप बढेको पाइएको छ ।

करिब तीन महिना यतादेखि बढेको यो सङ्क्रमणबाट यस वर्षमात्र सिन्ध प्रान्तमा १६ हजार जनाभन्दा बढी सङ्क्रमित भएका छन् । साथै सिन्ध प्रान्तमा पनि यो सङ्क्रमणबाट १९ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएका पाइएको छ ।

यस वर्षको मनसुनी वर्षाले पाकिस्तानमा ठूलो क्षति पु¥याएको थियो । दशौँ लाख मानिस प्रभावित भएका थिए भने लाखौँ जना घरबारबिहीन भएका छन् । बाढीपछिको फोहर र बाढी प्रभावित नागरिकको अव्यवस्थित बसाइका कारण यहाँ डेँगुको प्रकोप बढेको बताइएको थियो । तर अहिले पनि सो प्रकोप नघटेको यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>