चितवन विशेष

मनमोहन प्राविधिक विश्वविद्यालयको टोली प्रचारप्रसारका लागि चितवनमा

Banner

पूजा ढकाल

चितवन, कात्तिक २०-

मोरङको पहिलो प्राविधिक विश्वविद्यालय मनमोहन प्राविधिक विश्वविद्यालयको टोली प्रचार प्रसारको लागि चितवन आइपुगेको छ ।

नेपालकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङले आज चितवनमा पत्रकार सम्मेलन गरेर विश्वविद्यालयको शैक्षिक कार्यक्रमबारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा विश्वविद्यालयले शैक्षिक सत्र २०७९÷८० मा स्नातक तहमा सिभिल इन्जिनियरिङ र एलेक्ट्रोनिक्स इन्जिनियरिङमा नयाँ भर्ना खुला गरेको जानकारी गराइएको छ । २२ बिघा क्षेत्रफलमा फैलिएको यस प्राविधिक विश्वविद्यालय प्रदेश नं १ को मोरङमा पर्ने गर्छ । यो प्रदेश सरकारले स्वायत्त कानुन निर्माण गरेर २०७६ असोज १६ गते स्थापना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यही मंसिर ९ गते सम्म आवेदन खुलाएको यस विश्वविद्यालयमा हाल सम्म ५६३ जना विद्यार्थीले फारम भरेका छन् । तर २०७९\८० मा भने स्नातक तहमा सिभिल इन्जिनियरिङ ४८ र इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा २४ सीटमा भर्ना लिने यस विश्वविद्यालयको योजना रहेको छ । त्यस्तै शैक्षिक सत्र २०७८\७९ स्कुल अफ इन्जिनियरिङ अन्तर्गत स्नातक तहमा सिभिल इन्जिनियरिङ र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा २४÷२४ सिटमा भर्ना लिएको थियो ।

त्यस्तै विश्वविद्यालयका डीन डा. प्रचण्ड मान प्रधानका अनुसार यस विश्वविद्यालयले बीई ईन सिभिल इन्जिनियरिङबाट ४८ विद्यार्थीमध्ये जेहेन्दारमा १, पूर्णमा ४ र सहुलियतमा ४ तथा बीई ईन इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङबाट २४ मध्ये जेहेन्दारमा १, पूर्णमा २ र सहुलियतमा २ विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।

पत्रकार सम्मेलनमा जनाइए अनुसार सिभिल इन्जिनियरिङमा नेलालीका लागि पाँच लाख ८५ हजार प्रायोजितका लागि सात लाख ३१ हजार २५० तथा विदेशीका लागि आठ लाख ७७ हजार ५००, इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा नेलालीका लागि ५ पाँच लाख ७५हजार, प्रायोजितका लागि सात लाख १८ हजार ७५० तथा विदेशीका लागि आठ लाख ६२ हजार ५०० र प्रवेश शुल्क फारम नेलालीका लागि एक हजार ८०० प्रायोजितका लागि एक हजार ८०० तथा विदेशीका लागि एक हजार ८०० रुपैयाँ तोकिएको छ ।

त्यस्तै इच्छुक विद्यार्थीले प्रवेश परीक्षा दिनु पर्ने र अनलाइबाट प्रत्येक विद्यार्थीका लागि कम्प्युटरमा फरक फरक प्रश्न हुँदा चिट चोर्न नमिल्ने र प्रश्न सकेर ओके गरेपछि परिक्षार्थीलाई तत्काल नतिजा थाहा हुने डिन प्रधानले बताउनुभयो । विश्वविद्यालयको नियम अनुसार यस विश्वविद्यालयमा अध्ययन गर्न त्यस बाहेक फिजिक्स, केमेस्ट्री र गणितमा सि ग्रेड्र ल्याउनुपर्ने हुन्छ ।

पत्रकार सम्मेलनमा क्याम्पसका विभागीय प्रमुख नरेन्द्र कुमार डाँगीले प्रदेश १ सरकारले प्रदेश सभाबाट स्वायत्त कानुन निमार्ण गरेर प्रदेश राजपत्रमा सूचना प्रकाशन गरेपछि विसं २०७६ सालबाट मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गरिएको जानकारी दिनु भयो । उहाँका अनुसार शिक्षालाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्न सक्ने शिक्षा आजको आवश्यकता हो । प्रदेशको आर्थिक उन्नति, प्रगति समृद्दिको लागि दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गरिएको समेत उहाँको भनाइ छ ।

मनमोहनका प्राविधिक विश्वविद्यालयका तीन स्कुल

यस विश्वविद्यालयबाट स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ एप्लाइड साइन्स एण्ड टेक्नोलोजी र स्कुल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । हाल स्कुल अफ इन्जिनियरिङअन्तर्गत स्नातक तहको बीई ईन सिभिल इन्जिनियरिङ र बीई इन इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ सञ्चालन भएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>