अन्तर्राष्ट्रिय

दिल्लीमा अत्यधिक वायु प्रदूषणः प्राथमिक विद्यालय बन्द

Banner

दिल्ली, कात्तिक २०-

भारतको राजधानी दिल्लीमा अत्यधिक वायु प्रदूषणका कारण सरकारले प्राथमिक विद्यालय बन्द गरेको छ । वायु प्रदूषण खतराको तहमा पुगेको र स्वास्थ्य सङ्कटकामा पर्ने भन्दै विद्यालय बन्द गरिएको हो ।

धानबाली पराल जलाउने तथा उच्च गाडीको चापका कारण नोभेम्बर महिनाको सुरुदेखि नै दिल्लीमा प्रदूषण बढेको छ । त्यस्तै हाल डिजेलबाट चल्ने ट्रक तथा अरु साना गाडीलाई चलाउन रोक लगाइएको छ । दिल्लीमा हावाको गुणस्तर सूचकाङ्क ४ सयमाथि पुगेको छ ।

विज्ञले दूषित हावा बालबालिका र वृद्धवृद्धाका लागि निक्कै खतरनाक रहेको बताएका छन् । प्रदूषणका कारण श्वासप्रश्वास, खोकी, नाक बग्ने, आँखा चिलाउनेलगायतका लक्षणसहित बिरामी बढेका छन् ।

त्यस्तै प्राथमिक तहमाथिका विद्यालयमा विद्यार्थीका लागि बाहिरी गतिविधिहरू नगर्न र स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ । कर्मचारीलाई घरैबाट काम गर्न सुविधा दिइएको छ । विश्वको सबैभन्दा प्रदूषित राजधानी दिल्लीको हावा स्वास्थ्यको लागि गम्भीर जोखिम छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>