राजनीति

‘नो नट अगेन’ अभियानलाई रोक्न खोजेको भन्दै निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

Banner

काठमाडौँ, कात्तिक १४–

सामाजिक संजालमा ‘नो नट अगेन’ अभियान चलेपछि त्यसलाई रोक्न निर्वाचन आयोगकले जारी गरेको सूचनाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार आयोगविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले आयोगले जारी गरेको सूचना खारेज हुनुपर्ने माग राख्दै रिट दायर गरेका हुन् ।

नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध आयोगले दूषित मनसायले सूचना जारी गरेको भन्दै त्यसलाई अन्तरिम आदेशमार्फत तत्काल निस्तेज बनाउन र खोज गर्न माग गरिएको त्रिपाठीले बताएका छन् ।

आयोगको सूचना अनुसार नो नट अगेन अभियानमा संलग्न हुनेमाथि एक लाख रुपैयाँ जरिवाना, विद्युतीय कारोवार ऐन अनुसार कारबाही वा अन्य कारबाहीको चेतावनी थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>