राजनीति

०४६ पछिका नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्ने राप्रपाको घोषणा

Banner

काठमाडौँ, कात्तिक १४

आगामी निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो ‘स्मार्ट घोषणापत्र’ सार्वजनिक गरेको छ । भर्खरै सार्वजनिक उक्त घोषणापत्रमा राप्रपाले आफ्ना परम्परागत एजेन्डाहरूलाई समावेश गर्नुका साथै केही मौलिक र नयाँ विषयहरू पनि उठान गरेको छ ।

घोषणापत्रमा राप्रपाले ०४६ सालयताका नेता तथा कर्मचारीको सम्पत्ति खोजबिन गर्न नागरिक आयोग बनाउने राप्रपाको घोषणा छ । यसैगरी नेपालको शान्ति क्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्नुपर्ने नयाँ विषयको उठान गरेको छ । यसअघि पञ्चायतकालमा राजा वीरेन्द्रले अघि बढाएको प्रस्तावलाई राप्रपाले अहिले पुनर्जीवित गर्न चाहेको हो । , २

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>