राजनीति

नौ दिनमा ४० जिल्लामा पुग्दै एमाले अध्यक्ष केपी ओली

Banner

काठमाडौँ, कात्तिक १३–
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली चुनावी प्रचारप्रसारका लागि देश दौडाहामा निस्किने तयारीमा छन् । एमालेले अध्यक्ष केपी ओली ४० जिल्लाका चुनावी प्रचारसभामा सम्बोधनका लागि सहभागी हुने गरी कार्यक्रमको तयारी गरेको छ ।

केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालयले १८ देखि २६ कात्तिकसम्म पूर्वको पाँचथरदेखि सुदूरपश्चिमको दार्चुलासहित ४० जिल्लाका ४० वटै सभामा ओली सहभागी हुने गरी चुनावी सभाका कार्यक्रम बनाएको हो ।

एमालेले १५ कात्तिकमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने कार्यतालिका बनाएको छ । त्यसलगत्तै ओली नौ दिनमा ४० जिल्लामा चुनावी दौडाहामा निस्किन लागेका हुन् । उनी अहिले गृहजिल्ला झापामा चुनावी कार्यक्रममा व्यस्त छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>