राजनीति

कांग्रेसको चुनावी घोषणापत्र आज सार्वजनिक हुने

Banner

काठमाडौं, कात्तिक १२–

नेपाली कांग्रेसले निर्वाचनका लागि शनिबार घोषणापत्र सार्वजनिक गर्दैछ। ‘संकल्प पत्र’को नाममा कांग्रेसले घोषणापत्र सार्वजनिक गर्न लागेको हो। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले बिहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्नेछन्।

कांग्रेसले घोषणापत्र बनाउन महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति निर्माण गरेको थियो। घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम यसअघि दुईपटक सरेको थियो। घोषणापत्रमा केपी ओलीनेतृत्वको सरकारको आलोचना तथा आर्थिक समृद्धिका मुद्दालाई प्राथमिकता दिएको बताइएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>