राजनीति
रविन्द्र मिश्रसँग विचारमा विमति छन् तर उहाँलाई संसदमा देख्न चाहन्छु : डा सूर्यराज आचार्य
०

चितवन, कात्तिक १२–
पूर्वाधार विज्ञ डा सूर्यराज आचार्यले रविन्द्र मिश्रलाई संसदमा देख्न चाहेको बताएका छन् । एक टेलिभिजन अन्तरवार्तामा बोल्दै आचार्यले मिश्रसँग विचार र कार्यशैलीमा विमति र असहमति भएपनि उनी देशभक्त व्यक्ति भएको बताए ।
मिश्र राप्रपाको हलो चिह्न लिएर काठमाडौँ–१ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन लड्दै छन् । ‘उहाँसँग मेरो विचारमा विमति छ तर म उहाँलाई संसदमा देख्न चाहन्छु। उहाँ राष्ट्रवादी/देशभक्त मान्छे हो। देश विग्रिँदा मन रूने मान्छे हो’, आचार्यले भने ।
मिश्रसँग चार/पाँच वर्ष राजनीतिक रुपमा संगत गर्दा विचार र कार्यशैलीमा विमति राखे पनि उनी बेइमानी गर्ने व्यक्ति भने नभएको आचार्यले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























