राजनीति

हामीहरूले जिते ५ वर्ष खेर जान दिँदैनौँः गगन थापा

Banner

काठमाडौ,कात्तिक ९-

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सत्तारूढ गठबन्धन विजयी हुने दाबी गर्नुभएको छ । काठमाण्डौ क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारसमेत रहनुभएका महामन्त्री थापाले सत्तारूढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा विजयी भएर सरकार बनाउने दाबी गर्नुभएको हो ।

आज बुधवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विगतको पाँच वर्ष खेर गएको उल्लेख गर्दै आफूहरूले जितेपछि भने त्यो समयलाई खेर जान नदिने जिकिर गर्नुभयो । महामन्त्री थापाले निराश र आक्रोशित जनताको मत लिएर सरकार बनेपछि सत्तारूढ गठबन्धनले त्यसलाई खेर जान नदिने गरी काम गर्नुपर्ने पनि बताउनुभयो । जनमतको कदर हुने गरी काम गर्न सकिएन भने जनताले विरोध गर्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘गएको पाँच वर्ष खेर गयो । अबको पाँच वर्ष खेर जान दिनु हुन्न । त्यो जान नदिने जिम्मेवारी हाम्रो हो । मैले त नेताहरूलाई भनेको छु– सात वटा प्रदेशमा हाम्रो सरकार बन्ने हो । सङ्घमा पनि हाम्रो सरकार बन्ने हो ।’

महामन्त्री थापाले आउँदो चुनावपछि आफूले सरकारको नेतृत्व गर्न चाहेको पनि बताउनुभयो । त्यसका लागि पार्टीभित्रका साथीहरूले आफूलाई साथ दिनुपर्ने उहाँको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>