राजनीति

गठबन्धन नभएको भए साथीहरू चुनाव लड्नै तयार हुँदैनथेः देउवा

Banner

काठमाडौ कात्तिक ७-

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन नभएको भए कोही पनि चुनाव लड्न तयार नहुने अवस्था रहेको बताएका छन् । सत्ता गठबन्धनद्वारा सोमबार काठमाडौंमा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलामा देउवाले यस्तो बताएका हुन्। गठबन्धन भएकै कारण जितिन्छ भनेर सबैले चुनाव लड्न चाहेकाले कांग्रेसभित्र टिकटलाई लिएर केही समस्या भएको उनले स्वीकार गरे।

‘गठबन्धनका कारण केही ठाउँमा समस्या आउँछ। सबैलाई टिकट चाहिएको छ। गठबन्धनका कारण सबैले टिकट पाउँदैनन्। हाम्रै पार्टीमा त्यही समस्या छ,’ देउवाले भने, ‘गठबन्धन छ चुनाव जितिहाल्छु टिकट चाहियो भन्ने पनि छ। गठबन्धन नभएको भए लड्नै तयार हुँदैनथिए। अहिलेको बेला झगडा गर्ने होइन। भोलिका दिनमा गठबन्धनलाई थप बलियो बनाउनु पर्छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>