राजनीति

चुनाव नहुँदै रवि लामिछाने नेतृत्वको पार्टीले संसदीय दलको नेता छान्ने

Banner

काठमाडौं, कात्तिक ६-

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेताको निर्वाचन गर्ने भएको छ। रवि लामिछाने सभापति रहेको पार्टीले चुनावभन्दा अघि नै संसदीय दलको नेता चयन गर्न लागेको हो। मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ। स्वतन्त्र पार्टीले प्रदेश सभा चुनावका लागि उम्मेदवारी दिएको छैन। स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा चुनावका लागि भने प्रत्यक्षतर्फ र समानुपातिकतर्फ उम्मेदवारहरू छन्।

अन्य पार्टीमा चुनाव भएपछि निर्वाचित सांसदमध्येबाट संसदीय दलको नेता चयन गर्ने गरिन्छ। तर स्वतन्त्र पार्टीको विधानमा भने चुनावअघि नै संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ। उक्त व्यवस्थाअनुसार पार्टीका महामन्त्री मुकुल ढकालले शनिबार आन्तरिक सर्कुलर गर्दै संसदीय दलको नेता उठ्न चाहनेलाई लिखित निवेदन दिन भनेका छन्।

संसदीय दलको नेता उठ्न प्रतिनिधि सभाको प्रत्यक्षतर्फ र समानुपातिकतर्फका उम्मेदवारले पाउने व्यवस्था विधानको धारा ७२ को १ मा उल्लेख छ। पार्टीका सम्पूर्ण साधारण सदस्यहरूले संसदीय दलको नेता चयनका लागि मतदान गर्न पाउँछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>