देश/प्रदेश
वर्षा र पहिरोका कारण अवरुद्द कर्णाली राजमार्ग १५ दिनपछि खुला
०

जुम्ला, कात्तिक ५-
वर्षा र पहिरोका कारण अवरुद्द कर्णाली राजमार्गको नाग्म–गमगढी खण्ड सञ्चालनमा आएको छ । पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । उक्त क्षेत्रमा असोज तेस्रो हप्ताको वर्षा र पहिरोका कारण १५ दिन अवरुद्ध भएको थियो ।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठका अनुसार कर्णाली राजमार्गको ९३ किलोमिटर क्षेत्रको यो खण्डमा खसेका १५० पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । नाग्म–गमगढी खण्डको हमा गाउँपालिकामा सवैभन्दा बढी पहिरो थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























