देश/प्रदेश

यमपञ्चकको पहिलो दिन भोली रत्नापार्कमा १९औँ ‘काग सम्मेलन’

०
Banner

काठमाडौँ, कात्तिक ५

काठमाडौँको रत्नापार्कस्थित शान्तिवाटिकामा यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा १९औँ ‘काग सम्मेलन’ हुने भएको छ । ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा रत्नापार्कस्थित शान्तिवाटिकामा भोली बिहान ६ देखि ७ बजेसम्म १९औँ काग सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी सम्मेलन गर्ने कार्यक्रम छ । दुलालले काग सम्मेलनमा चार सय कागलाई एकै ठाउँमा जम्मा पार्ने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>