विशेष

नेपालमा ३३ मिनेटसम्म खण्डग्रास सूर्यग्रहण लाग्दै, यसरी हेर्न सकिन्छ

Banner

काठमाडौ,कात्तिक ३-

यही कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण लाग्दै छ । त्यस दिन नेपालबाट करिब ३३ मिनेटसम्म सूर्यग्रहण देखिनेछ । उक्त दिन सूर्यग्रहण अपराह्न ४ बजेर ५२ मिनेटदेखि सूर्यास्तसम्म देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

“४ बजेर ५२ मिनेटदेखि सूर्यास्तसम्म देखिन्छ । लगभग–लगभग ३३ मिनेट । ५ः२५ मा सूर्यास्त छ, त्यो दिन,” उनले बाह्रखरीसित भने, “४ः५२ मा सूर्यग्रहणको पहिलो पार्ट देख्छौँ । ३३ मिनेटजति देखिन्छ ।” सूर्यग्रहणलाई हेर्न सकिने तर नांगो आँखाले हेर्न नहुने उनले बताए । “हेर्न सकिन्छ । तर, नांगो आँखाले हेर्नु हुँदैन । सूर्यग्रहण चन्द्रग्रहणजस्तो हेर्नलाई सुरक्षित होइन । डेन्जर हुन्छ,” उनले भने । नांगो आँखाले सूर्य ग्रहण हेर्दा आँखा ‘ड्यामेज’ हुन सक्ने उनले बताए । उनका अनुसार सूर्यग्रहण हेर्नका लागि विशेष किसिमको चस्मा बनाइएको हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>