अपराध

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोकोहीलाई नछाड्न चितवन प्रहरी प्रमुखको निर्देशन

Banner

चितवन, कात्तिक ३-

चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोकोहीलाई त्यसै नछाड्न चितवन प्रहरी प्रमुख नवराज अधिकारीले निर्देशन दिनु भएको छ ।

आज जिल्ला प्रहरी कार्यालयमा आयोजित विशेष कार्यक्रममा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षा तथा आचारसंहिता पालनाका विषयमा चितवन प्रहरी प्रमुखले मातहतका प्रहरी कर्मचारीहरुलाई सो निर्देशन दिनु भएको हो । उहाँले निर्वाचन आचारसंहितामा के कस्ता विषयहरु पर्छन् भन्ने प्रहरी अधिकारीहरुलाई अवगत गराउनुभएको थियो ।

निर्वाचन सुरक्षालाई दृष्टिगत गरी चोरी, जुवातास, अबैध मदिरा नियन्त्रणलगायतमा ध्यान दिन जरुरी रहेको अधिकारीले बताउनुभयो । चितवन प्रहरी कार्यालयका प्रवक्ता विजयराज पण्डितले आजको कार्यक्रम पनि निर्वाचन सुरक्षासँगै जोडिएको विषय भएको नारायणी अनलाइनलाई बताउनुभयो । निर्वाचनको समयमा दलका उम्मेदवारहरुले के गर्न पाइन्छ र के गर्न पाइँदैन त्यसको निगरानी गर्न प्रहरीलाई सजग गराइको उहाँले बताउनुभयो ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृतहरु, शाखा प्रमुखहरु र मातहत इकाइका कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>