देश/प्रदेश

धनुषामा एम्बुलेन्स चेकजाँच गर्दा १ बोरा पटाका सहित भन्सार छलीको सामान

Banner

धनुषा, कात्तिक ३

धनुषामा प्रहरीले एम्बुलेन्सबाट भन्सार छलीको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीका अनुसार जनकपुर उप–महानगरपालिका वडा नम्बर–१७ कटरैटमा मे.१ च ३५० नम्बरको एम्बुलेन्सबाट तस्करीको सामान बरामद गरिएको हो ।

एम्बुलेन्स चेकजाँच गर्दा १ बोरा पटाका, भन्सार छलीको बदाम, पापड र आल्मोन्ड बरामद गरिएको डिएसपी क्षेत्रीले जानकारी दिए । भारतको जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको सो एम्बुलेन्सलाई ईलाका प्रहरी कार्यालय तारापट्टिबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>