देश/प्रदेश

लुटपाट गर्न सहकारी संस्थाका कर्मचारी माथी गोली प्रहार गर्ने चार जना पक्राउ

Banner

सर्लाही, कात्तिक ३-

सर्लाहीमा सहकारी संस्थाको सेवा केन्द्रमा लुटपाट गर्न कर्मचारी माथी गोली प्रहार गर्ने चार जना पक्राउ परेका छन् । सर्लाहीको सीमावर्ती क्षेत्रबाट प्रदेश प्रहरी कार्यालय जनकपुरको इन्सपेक्टर उमाशंकर प्रसाद साह नेतृत्वको टोलीले गोली प्रहार गरेको घटनामा संलग्न चार जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भारत विहार राज्यको शिवहर जिल्लामा पर्ने छप्रा ग्राम पञ्चायतका १९ वर्षीय आलोक सिंह, विहार राज्यको बैशाली जिल्लामा पर्ने सुलतानपुर ग्राम पञ्चायतका १९ वर्षीय शौरभ कुमार यादव, बिहार राज्यकै मोतिहारी जिल्लामा पर्ने हराज ग्राम पञ्चायतका १९ वर्षीय गुलसन कुमार सिंह र सर्लाहीकै धनकौल गाउँपालिका १ का ३२ वर्षीय डिजे भन्ने धिरेन्द्र सहनी पक्राउ परेका छन् ।

बुधवार विहान करिब साढे १० बजे उनीहरुले बागमती नगरपालिका -१ मिलन चोकस्थित सगुन सहकारी संस्थाका कर्मचारी साजन कार्की माथी गोली प्रहार गरेका थिए । त्यस्तै कर्मचारी कार्कीको अवस्था गम्भीर भएर हाल उपचारको लागि काठमाडौं लगिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>