देश/प्रदेश
भक्तपुरमा ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
०

काठमाडौं, असोज ३०
भक्तपुरमा गएराति ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मध्यपुर ठिमी नगरपालिका-६ बाहाखा भिमसेन चोकमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेका अनुसार सानोठिमीबाट निकोसेरा जाँदै गरेको बा १ ज ९०६० नम्बरको ट्याक्सी र विपरीत दिशा जाँदै गइरहेको बा ८३ प ५४४८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट घर भई काठमाडौंको कपन बस्ने ३१ वर्षीय दिपेन्द्र पण्डित गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि कोरियन अस्पताल ठिमी लगिएको थियो।
त्यहाँ उपचारपछि थप उपचारको लागि अन्नपूर्ण न्युरो अस्पताल माइतीघर पठाइएको थियो। त्यहाँ आइतबार बिहान पौने ६ बजे मृत्यु भएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























