देश/प्रदेश

सन् २०१४ को कीर्तिमान ब्रेक गर्दै १० हजार मिटर दौडमा आर्मीका दीपकले जिते स्वर्ण

०
Banner

पोखरा, असोज ३०

पुरुष तर्फको १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । आइतबार बिहान सम्पन्न दौडमा उनले सन् २०१४ को एसियन गेम्समा गोपीले बनाएको ३० मिनेट ३०.९९ सेकेण्डको कीर्तिमान ब्रेक गर्दै पदक जितेका हुन् । उनले निर्धारित दुरी ३० मिनेट १०.३० सेकेण्डमा पूरा गरेका थिए।

यसअघि कीर्तिमान राखेका गोपीले रजत जिते । उनले ३० मिनेट ३८.३२ सेकेण्डमा पूरा गरेका थिए । आर्मीका गजेन्द्र राईले निर्धारित दुरी ३० मिनेट ४९.५० सेकेण्डमा पूरा गर्दै कास्य जितेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>