देश/प्रदेश

भोट प्रभावित गर्न मन्त्रीनै उपस्थित भएर चामल बाँडे

Banner

दाङ,असोज २९-

निर्वाचन आचार संहिता विपरीत सहरी विकास मन्त्री मेटमणि चौधरीले आफ्नो निर्वाचन क्षेत्रका बाढी पीडितको नाममा चामल वितरण गरेको भन्दै विवाद भएको छ । मन्त्री आफै उपस्थित भएर देउखुरीका चार वटा स्थानीय तहलाई ५० क्विन्टल दरले दुई सय क्विन्टल चामल वितरण गरेका हुन । बाढीबाट प्रभावित भएकाहरूलाई राहत स्वरूप चामल उपलब्ध गराइएको मन्त्रीको सचिवालयले जनाएको छ ।

‘मन्त्री ज्यूको पहलमा आएको चामल हो । त्यो पालिकालाई दिइएको छ’सचिवालयका एक सदस्यले भने– ‘बाढी पीडितलाई दिने भनेर चामल मगाइएको थियो ।’ मन्त्रीले चामल वितरण गरेको खबर सार्वजनिक भएपछि निर्वाचन अधिकृतको कार्यालयमा गुनासो पुगेको छ । भोट प्रभावित गर्ने उद्देश्यले बाढी पीडितको नाममा चामल बाँडिएको आरोप विपक्षीले लगाएका छन् ।

निर्वाचन आयोगले मन्त्रीहरू अघि सरेर गर्ने जुनसुकै काम पनि निर्वाचन आचार संहिता विपरीत हुने जनाएको छ । ‘मन्त्री अघि सेर सामाग्री दिन पाउँदैनन् । सरकारको आफ्नै संयन्त्र छ । संयन्त्र भन्दा बाहिरबाट काम हुँदा त्यो आचार संहिता विपरीत ठहरिन्छ’निर्वाचन अधिकृत मानबहादुर विष्टले भने–‘यस बारेमा भएको के हो ? हामी अनुसन्धान गर्छौँ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>