Breaking News

अष्ट्रेलियामा अब अन्तर्राष्ट्रिय विद्यार्थीले दुई सातामा ४० घण्टा मात्रै काम गर्न पाउने

Banner

काठमाडौँ, असोज २९

अष्ट्रेलियामा अब विद्यार्थीले फुलटाइम काम गर्न नपाउने भएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोभिड महामारीबीच अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिएको पूर्णकालीन काम गर्ने अधिकार कटौती गरेको हो ।

विज्ञप्ति उल्लेख भए अनुसार अब यहाँ रहेका अन्तर्राष्ट्रिय विद्यार्थीले आगामी आर्थिक वर्षबाट तोकिएको समय भन्दा बढी काम गर्न पाउँदैन्न् । त्यस्तै उनीहरुले दुई सातामा ४० घण्टा मात्रै काम गर्न पाउने छन्।

अष्ट्रेलिया सरकारले लामो समयसम्म सीमाबन्द तथा कोरोना संक्रमणका कारण कामदारको नियमित अभाव हुदाँ विद्यार्थीलाई पूर्णकालीन काम गर्न पाउने अधिकार दिएको थियो। तर पछिल्लो समय कोरोना नियन्त्रणमा आएपछि पूर्णकालीन काम गर्न पाउने अधिकार हटाइएको हो ।

गृह मन्त्रालयको अध्यागमन तथा नागरिकता विभागले एक सार्वजनिक सूचना जारी गर्दै कोरोना समयमा दिएको उक्त अधिकार आगामी सन् २०२३ जुन ३० पछि बन्द गरिने स्पष्ट पारेको छ।

मन्त्रालयद्वारा जारी गरेको विज्ञप्ति अनुसार विद्यार्थीलाई विद्यार्थी भिसाका सबै नियमलाई पालना गर्न आग्रह गरिएको छ। यस्तै शिक्षण संस्थामा सन्तोषजनक अध्ययनको प्रगति, कक्षा उपस्थिति हुनुपर्ने उल्लेखसमेत गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>