देश/प्रदेश

पाँच दिनअघि मलामी जाँदा बेपत्ता भएका १३ जना पहिरोमा पुरिएको पुष्टि

Banner

कालीकोट, असोज २८-

कालीकोटको तिलागुफा नगरपालिका–४ मा पाँच दिनअघि मलामी जाँदा बेपत्ता भएका १३ जनाको अवस्था अझै अज्ञात रहेको छ । स्थानीय हेमराज शाहीको अन्त्येष्टि गर्न तिला नदी किनारमा गएका राँचुली गाउँका १३ जना बेपत्ता भएका हुन् ।

अन्त्येष्टि कर्म चलिरहँदा आएको पहिरोले उनीहरूलाई कर्णाली नदीमा बगाएको प्रहरीले निष्कर्ष निकालेको छ । पहिरोले उनीहरुलाई बगाएको पुष्टि भएपनि त्यसपछिको अवस्था थाहा हुन नसकेको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । हाल प्रहरीले खोजीको काम गरिरहेको छ ।

त्यस्तै एक हप्ताअघिको बाढी पहिरोमा २३ जना बेपत्ता रहेकोमा ६ जनाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ । असोज १९ गतेदेखि सुरु भएको वर्षाका कारण आएको बाढी र पहिरोका कारण कर्णाली प्रदेशमा मात्र १९ जना बेपत्ता भएका छन् ।

कालीकोट बाहेक दैलेख र जुम्लामा एक–एक जना बेपत्ता रहेका कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार वर्षाका कारण घरमा क्षति पुगेर ४ सय ८० जना विस्थापित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>