Breaking News

‘आसन्न संघ र प्रदेशको निर्वाचनमा विवेक प्रयोग गरौं’

Banner

डिला खरेल–

नेपालको आसन्न संसदीय निर्वाचनमा नेपाली दलहरुको अभ्यास अत्यन्त लज्जाजनक, घिनलाग्दो र नेपाली जनता माथीको भद्दा मजाक हो भन्न सकिन्छ ।
–नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धन
–नेकपा (एमाले) र राप्रपाको केही ठाउँको गठबन्धन
मधेशवादी दललगायत अन्य दलको उक्त गठबन्धनहरुसंगको आश्रय

यो सम्पूर्ण रुपमा व्यापार हो, न कुनै सिद्धान्त मिल्छ, न कुनै देश को निश्चित रास्ट्रिय मुद्धाका लागी यीनी दल मिलेका हुन, प्रष्ट रूपमा आफ्नो संसद पद र राजनीतिक दलको अस्तित्व जोगाउनका लागी मात्र हो ।
विशेष गरी २०४७ पछि, नेपालको राजनीति, राजनीति रहेन ‘यो राजनीतिक उद्योग प्रा.लि.’ भयो ।
देउवा, प्रचण्ड ,ओलीलगायत दलका भनिएका सर्वथा पटक–पटक असफल नेता राजनीतिक दल प्रा.लि.का डाइरेक्टर,अरु नेता कार्यकर्ता शेयर होल्डर भए र सम्पूर्ण देशलाई नै कार्यकारी पदमा रही कमाउ खाउ को धन्दा बनाए ।। देशलाई माया गर्ने नितान्त कम र छिट पुट भए जो ओझेलमा पारिए, परे, विडम्बना यही हो !
र पनि नेता यिनै हुन खराब मध्येका कम खराब र चोर मध्येका कम चोर छान्नूको विकल्प छैन !
तपाई सबै सबै मतदाताले यस पटकको निर्वाचनमा कृपया आफ्नो आत्माभित्रको चैतन्य जागृत गर्नु होला, विवेक प्रयोग गर्नु होला !
नेपालमा दल र दलका नेता को सदबुद्धि आओस चाडो यो राजनीतिक उद्योग प्रा।लि। बन्द होस र स्वच्छ वहुदलिय लोकतांत्रिक ईमान, जमान र नैतिकता, परोपकार र सेवभाव हावी भएको राजनीतिक संस्कार शुरू होस, यो अभ्यास गरिनु उपयुक्त हुन्छ, हाम्रो भविष्य को यात्रा पनी यही हो !

–भरतपुर चितवन घर भई हाल अस्ट्रेलियामा बस्दै आएका लेखक डिला खरेल लेखा, वित्त र बैंकिङ विषयका प्राध्यापक हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>