Breaking News

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी पार्टीले नै फिर्ता लियो

Banner

चितवन, असोज २६–

चितवन क्षेत्र नं.३ मा प्रतिनिधिसभामा उम्मेदवारी दिएका नेकपा (एमाले)का अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता भएको छ । पार्टी केन्द्रले नै न्यौपानेको उम्मेदवारी फिर्ता लिने निर्णयसहिको पत्र पठाएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले नारायणी अनलाइनलाई जानकारी दिए ।

एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनबाट बागी बनेका उम्मेदवार नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको छ । कोइराला एमाले अध्यक्ष ओलीलाई भेट्न मंगलबार बेलुकी बालकोट गएका थिए । नेकपा एमाले चितवन जिल्ला अध्यक्षसमेत रहेका न्यौपाने पनि टिकट फिर्ता नलिने भन्दै ओलीलाई भेट्न काठमाडौं गएका थिए । चितवन ३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>