Breaking News

बागी उम्मेदवारी फिर्ता लिन कांग्रेस चितवनको अपिल

Banner

चितवन, असोज २६–

नेपाली कांग्रेस चितवन बागी उम्मेदवारी दिएका कांग्रेस नेताहरुलाई उम्मेदवारी फिर्ता लिन अपिल गरेका छन् । जिल्ला सभापति राजेश्वर खनालले एक विज्ञप्ती जारी गर्दै तीन वटै निर्वाचन क्षेत्रमा बागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन अपिल गरेका हुन् ।

प्रतिनिधिसभातर्फ चितवन क्षेत्र नं.१ मा महासमिति सदस्य राजेन्द्र प्रसाद बुर्लाकोटी, प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (क) मा महासमिति सदस्य धनबहादुर गुरुङ, प्रदेशसभा १ (ख)मा नेता राममणि न्यौपाने, प्रतिनिधिसभा क्षेत्र नं.२ मा क्षेत्रीय प्रतिनिधि जगदीशचन्द्र अर्याल, प्रतिनिधिसभा क्षेत्र नं.३ मा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला र क्षेत्रीय प्रतिनिधि तारा पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुको उम्मेदवारीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै कांग्रेस चितवनले उम्मेदवारी फिर्ता लिन आह्वान गरिएको हो ।

विज्ञप्तीमा भनिएको छ–‘मुलुक, लोकतन्त्र र पार्टी जीवनका लागि मंसिर ४ गते हुन गईरहेको संघीय तथा प्रादेशिक निर्वाचन–२०७९ नेपाली कांग्रेस र गठबन्धन दलका उम्मेदवारहरुले विजयी हासिल गर्नु अपरिहार्य छ, यो संघीन घडीमा राष्ट्रप्रतिको जिम्मेवारी बोध गर्दै पार्टीको निर्णय र निर्देशन शिरोधार्य गरि तोकिएको समयसीमा भित्र आ–आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता गरि पार्टी र गठबन्धन दलका उम्मेदवारहरुको पक्षमा पक्षिकरण गर्न गराउन हार्दिक अपिल गर्दछ ।’

निर्वाचन तालिका अनुसार आज दिउँसो १ बजेभित्रमा उम्मेदवारी फिर्ता लिने समयतालिका रहेको छ । उम्मेदवारी फिर्ता नलिए स्वतः उम्मेदवारी कायम हुनेछ भने उनीहरुलाई पार्टीले स्वतः निकास्न गर्ने कांग्रेस केन्द्रीय समितिले निर्णय गरेको छ ।

गठबन्धनबाट क्षेत्र नं.१ मा नेपाली कांग्रेसका डा.विश्व पौडेल, १ (क)मा किरण ओली १ (ख)मा नेकपा (एकीकृत समाजवादी)का कृष्ण खनाल, क्षेत्र नं.२ मा कांग्रेसका उमेश श्रेष्ठ, २ (क)मा माओवादी केन्द्रका घनश्याम दाहाल, २ (ख)मा कांग्रेसका उत्तम जोशी, चितवन क्षेत्र नं.३ मा माओवादी केन्द्रका डा.भोजराज अधिकारी, ३ (क) मा कांग्रेसका डा.सूर्यकान्त घिमिरे र ३ (ख)मा माओवादी केन्द्रका ठाकुर ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>